काठमाडौंमा ‘लिभिङ टुगेदर’मा बस्ने युवक-युवती मृत फेला


काठमाडौं २३ पुष। काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक-युवती मृत फेला परेका छन् ।
कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । प्रहरीको अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।
युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा  भेटिएकाे प्रहरीले जनाएकाे छ । केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो ।
घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment