निर्मला हत्या प्रकरण : तीन वर्ष पछि एक भारतीय नागरिक पक्राउ


काठमाडौं १८ पुष। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ती भारतीय नागरिकलाई १५ दिनअघि पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती भारतीय पुरुषको नाम निकार अलि रहेको बताइएको छ । पक्राउ गरेपछि डिएनए परिक्षणका लागि विधि विज्ञान प्रयोगशालामा स्याम्पल पठाइएको प्रहरीले जनाएको छ । तर, रिपोर्ट आउन बाँकी रहेको छ ।
उनी निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा रहेको अनुसन्धानमा खुलेको छ । हाल घटनाबारे अनुसन्धान जारी रहेकाले थप कुरा आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शब भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा फेला परेको थियो।
त्यसपछि प्रहरीले यस विषयमा अनेकौँ अनुसन्धान र बीचमा केहीलाई पक्राउ गरे पनि अपराधी पत्ता लगाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment