सहारा नेपाल साकोस इलामद्वारा घाँसको विउ वितरण ताथा कर्जा मिनाहा


इलाम ७ माघः  सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले  आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका ३५ जना कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुलाई जै घासको विउ निःशुल्क वितरण गरेकको छ । 

उद्योग वाणिज्य संघ इलामका कार्यकारी सचिव नविन लामिछानेको प्रमुख आतिथ्यता तथा इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्यको विशेष आतिथ्यता र उपस्थित सम्पूर्णको सामूहिक सभापतित्व र सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु सम्झना गुरुङ, विशाल भट्टराई र सरस्वती कार्कीको व्यवस्थापनमा इलाम सेवा केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथिले संस्थाले आफना सदस्यहरु लाई पु¥याउदै आएका यस्ता सेवाहरु उदाहरणिय र स्वागतयोग्य रहेको भन्दै एउटा निम्न अवस्था भएको व्यक्ति र परिवारका लागि बाबुआमाले छुट्टिएर बस्न चाहने सन्तानलाई अंश दिएसरह आफ्नो मान्छे गुमाउनुको पिडा सगै जिवित परिवारका लागि ऋण मुक्त गरिदिनु र आगामि दिनको जिवनयापन सहज बनाउनमा पु¥याएको मद्दत वास्तवमा सहारा नै बन्न पुगेको कुरा व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको सममेत शुभकामना व्यक्त गरेका थिए ।

 त्यस्तै संस्थामा आबद्ध सदस्यहरुमा गत ०७६ श्रावण देखि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम, जिवन वरदान कार्यक्रम, सदस्य प्रसुती भएमा, हातखुट्टा भाचिएमा, घर आगलागि भएमा, सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाईबाट उपचार गर्नुपरेमा,घातक रोग लागि उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउदै आएकोमा गत २०७८आश्विनमा दिव∙त हुनुभएका  समूह नं. १०६ कि सदस्य शान्तमाया सार्किका पति याम वहादुर सार्कि प्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दे निजले संस्थाबाट लिएको रु.६५,००० कर्जा समेत मिनाहा तथा जिवन वरदान कार्यक्रम वापत दशकर्म खर्च स्वरुप रु३०,०००गरि कुल रु ९५००० निजकै पत्नि शान्तमाया सार्कि लाई प्रमुख अतिथिबाट चेक हस्तान्तरण गरिएको  सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले बताए ।

संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्र बाट सञ्चालित विभिन्न समूहमा आबद्ध सदस्यहरुलाई संस्थाले विगतदेखि नै यस्तो प्रकृतीको कार्यक्रम सञ्चालन गर्दे आइरहेको इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्यले वताए । 

कर्जा सुरक्षण वापतको रकम पाउदा आफूलाई एक किसिमको ऋणको चिन्ताबाट संस्थाले मुक्त गरिदिएको हुदा आपतमा दिएको यो साथ कदापी भुल्न नसक्ने कुरा सदस्य शान्तमाया सार्किले बताईन  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment