नेतालाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित


काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई तीन महिनाको लागि निलम्बन गरिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । उनले भने, ‘समिति बनाएर अब छानबिन हुन्छ ।’
पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।
कांग्रेस सिरहाका जिल्ला सभापति यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।
यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति पाण्डेले घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका थिए । ज्यान मार्ने धम्की दिएको भन्दै यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment