झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक बम बहादुरको मृत्यु


झापा माघ १९ः  झापाको बिर्तामोड नगरपालिका ६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगरका नगरपालिका ८ का २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन् ।

बुधबार बिहान १० बजे पुर्व तर्फ गईरहेको बा. ०३–००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०१–१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडी सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भई उपचारको लागि बिएनसि अस्पताल बिर्तामोड लगिएकोमा बम बहादुर लेप्चाको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment