जग्गा बिबादमा ९० बर्षीया आमाको हत्या ,छोरा पक्राउ



इटहरी माघ १८: मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आमाको हत्यापछि श्रेष्ठले पथरीको जंगलमा लगेर सुटुक्क शब जलाएर आएको पुष्टि समेत भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment