हिमपातपछिको इलामको सुन्दर नयाँबजार (फोटो फिचर)

हिमपातपछिको इलामको सुन्दर नयाँबजार (फोटो फिचर)

  • रोशन काफ्ले 
नयाँबजार । माईजोगमाई गाउँपालिकाको केन्द्र हो,नयाँबजार । नयाँबजारको ऐतिहासिक र सांस्कृतिक महत्व छ । नयाँबजार २०११ सालमा स्थापना भएको ऐतिहासिक बजार हो । सन्त बालागुरुले बजार बसाए पछि नयाँबजारमा बालाचर्तुदशीका दिन हरेक वर्ष मेला लाग्ने गर्दछ ।


शिवालय धाम रहेको मेलामा सतबिउ छर्ने परम्परा रहेकाले नेपाल र भारतका भक्तजनहरुको भिड लाग्ने गर्दछ । अलैँची, आलु, लगायत कृषि उत्पादन खरिद बिक्रिको व्यापारिक केन्द्र रहेको छ नयाँबजार ।

नेपालमा उत्पादन भएका कृषि उपजहरु संकलन गरि सीमा बजार जौबारी र नेपाल भित्रकै व्यपारीक केन्द्रमा निर्यात हुन्छ, नयाँबजारबाट । देश संघीय संरचनामा गएपछि नयाँबजार क्षेत्रमा सहरीकरण मात्रै बढेको छैन पूर्वाधार निर्माणको कामले पनि गति लिएको छ ।

यहाँ पर्यटन पूर्वाधार निर्माणका काम पनि हुँदै आएको अध्यक्ष जितबहादूर राईले बताए । बजार क्षेत्रको नजिकै सन्त बालागुरुको प्रतिमा समेत निर्माण गरिएको छ । बालागुरुको प्रतिमासँगै बालागुरु शिवालय धाम समेत रहेको छ ।

शिवालय मन्दिर गुरुकुल शिक्षा अध्ययन समेत हुँदै आएकाले हिन्दु धर्मको आस्थाको केन्द्र बन्दै गएको हो । मन्दिरमा बालाचर्तुदशीको दिन मेला आयोजना हुन्छ ।
मेलामा नेपाल र भारतका भक्तजन, पर्यटकहरुको आवागमनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ ।

नयाँबजार क्षेत्रकै दूर्गा मन्दिर बजार क्षेत्रको पर्यटनकको आकर्षण अर्को केन्द्र बनेको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि र आपतकालिन अवस्थामा पानी प्रयोग गर्ने हेतुले पोखरी निर्माण गरेपछि पर्यटकको घुमफिरको केन्द्र बनेको प्रमुख प्रशासकिय अधिकृत भागवतप्रसाद रेग्मीले बताए ।





 
तस्बिर : संञ्जिव थामी
लाेकल सन्देशबाट साभार गरिएकाे 
x

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment