ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा आगजनी, दर्जनौँ राउन्ड गोली प्रहार

२०८२ भाद्र २३ गते , सोमबार


जेनजी युवा पुस्ताले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका छन् । साँझ मुक्ति चोकमा भेला भएको समूहले ट्राफिक प्रहरी कार्यालयमा आगनाी गरेको हो । ट्राफिक प्रहरीको यो पूरानो भवन हो । सो क्रममा प्रहरीले दर्जनौँ राउन्ड गोली प्रहार गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

सो समूहले दिउसो झापाको दमक र बिर्तामोडमा सो समूहले आन्दोलन चर्काएको थियो । आन्दोलनमा उत्रिएका जेनजी समूहले दमक नगरमा रहेका धेरै बाइकमा आगजनी गरेका छन्। दमक चोकमा सुरु भएको प्रदर्शन नगरपालिकातिर अघि बढेको थियो। त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो ।

यता झापाको बिर्तामोडमा समेत जेनजी पुस्ताले प्रदर्शन गरेको छ । बिर्तामोडस्थित मुक्ति चौकमा भेला भएका युवाको समूहले बिर्तामोड नगरपालिकामा समेत केहीबेर प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरू मुक्तिचोकमा केन्द्रित भएर आन्दोलन गरेका थिए ।

पछि पुनः उनीहरू नगरपालिका पुगेर आन्दोलन चर्काएका हुन् । काठमाडौँमा प्रहरीले गोली चलाएर आन्दोलनमा सहभागीको मृत्यु भएपछि उत्तेजित बनेका उनीहरूले बिर्तामोड नगरपालिकामा आगजनीको प्रयास गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment