अटो खोलामा खस्दा एकको मृत्यु, दुई बेपत्ता

१६ भदौ, काठमाडौं ।


दार्चुलाको नौगाड गाउँपालिका–५ मा सोमबार अटो खोलामा खस्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना महिला बेपत्ता भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब १ः३० बजे म १ ह ११४८ नम्बरको अटो सौकेबगर नजिकैबाट करिब ५० मिटर तल नौगाड खोलामा खसेको हो।

मृत्यु हुने करिब ११ वर्षीया बालिकाको पहिचान खुलेको छैन। अन्य दुई महिला अझै बेपत्ता छन्। प्रहरी र स्थानीयले उनीहरूको खोजीकार्य जारी राखेका छन्।

अटोमा पाँच जना सवारमध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन्। आयुषको हात भाँचिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment