पूर्वी पहाडमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह


इलाम, १७ भाद्रः  पूर्वी पहाडी जिल्लाहरू इलाम, झापा, पाँचथर र ताप्लेजुङमा आज दिनभर बदलीसँगै बेलुकीतिर मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाममा विहान तथा  दिउँसोपछि चट्याङसहित वर्षा हुने सम्भावना छ। झापामा दिनभर तातो वायुमण्डल रहने भए पनि दिउँसोपछि वर्षा सुरु हुने र साँझतिर भारी वर्षा हुने चेतावनी दिइएको छ।

पाँचथरमा अधिकांश समय बादलै रहने र दिउँसो हल्का वर्षा भए पनि राततिर पहिरोको जोखिम बढ्ने बताइएको छ। त्यस्तै ताप्लेजुङमा बेलुकातिर चट्याङसहित भारी वर्षा हुने अनुमान छ, जसका कारण पहाडी क्षेत्रमा पहिरोको खतरा थपिएको छ।

महाशाखाले स्थानीय बासिन्दालाई सतर्क रहन, खोलानाला तथा नदी आसपास नजान र यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment