टिपर दुर्घटना हुँदा ३ को मृत्यु


बैतडी ९ फाल्गुन। बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार दिउँसो पाटन नगरपालिका–३ स्थित मानिकाखान–बोहोरीगाउँको सडक खण्डमा बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको हो ।
प्रहरी कार्यालयका अुनसार मृत्यु हुनेहरुमा टिपरका साहु जनकराज पन्त, १७ वर्षिय विद्यार्थी ललित अवस्थी र १३ वर्षीया ज्ञानु विष्ट रहेकी छन् ।
दुर्घटनामा अरु ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment