नेपाल टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश


इलाम, ९ फागुनः आईईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा समूह ‘बी’ अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाइ पराजित गरेको छ । नेपालले क्यानाडालाई ८ विकेटले पराजित गरेको हो ।  टस जीतेर व्याटिङ रोजेको क्यानडा १५ ओभरमा ८० रन बनाउँदै अलआउट भएको थियो । क्यनडाका नवौँ नम्बरमा आएका व्याट्समेन डिलन हेलिगरले सर्वाधिका  नटआउट २४ रन बनाएका थिए । कप्तान नवनीत धालिवालले १८ रन,  ओपनर रायन पठान १४ रन र सलमान नजरले १० रन बाहेक अन्यले दोहोरो अंकको रनजोड्न सकेनन् । 

नेपालकालागि वलिङतर्फ कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १२ रन दिंदै ३ विकेट निकाले कमल एरी र अभिनास वोहोराले समान २÷२ विकेट निकालेका थिए भने कुशल मल्लले एक विकेट लिए ।
८१ रनको झिनो लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य हासिल गरेको हो । 
नेपाललाई जीतका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक नटआउट ३४ रन बनाए । दिपेन्द्र सिं एरीले नटआउट २७ बनाएका थिए भने  आसिफ शेख १७ रन बनाउँदै आउट भएका थिए । कुशल मल्ल  शुन्य रनमा आउट भएका थिए । आजको खेलमा नेपालका लागि ३ विकेट निकाल्ने सन्दीप लामिछाने म्यान अफ दी म्याच भएका थिए ।
नेपाल आजको जीत सँगै समूह बीको विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेल नेपालले समूह एको उपविजेता टीम युएई संग प्रतिस्प्रधा गर्ने छ । नेपालले युएईलाई हराएमा फानलमात्र प्रवेश गर्ने छैन टी–ट्वान्टी विश्व कपको लागि समेत छनौट हुने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment