ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु


लमजुङ । राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फिर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment