चीनियाँले कब्जा गरेको तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्र यस्तो छ



काठमाण्डौं । सिन्धुपाल्चोकबाट चाईना जोड्ने कोदारी सडक निर्माणको वहानामा चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले नेपालको भुमी कब्जा गरेर वसेको छ। 

फौजी शैलीमा क्याम्प राखेर वसेको सीआरसीसीले गैरकानुनी रुपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ।चीनले सीआरसीसीका नाममा क्याम्पमा चीनियाँ सेना नै परिचालन गरेको स्थानीय जानकारहरु वताउँछन्। कोरोना संक्रमण पुर्व चीनियाँ सेनाले सादा पोसाकमा सुराकी पठाउने गरेको थियो। उनीहरु नेपाली भुमीमा पसेर दिनभर वस्ने, मदिरा सेवन गर्ने, सर्वसाधारणलाई दुब्र्यवहार गर्ने गरेका थिए।
 कयौं पटक उनीहरुलाई स्थानीयले लखेट्नु परेको थियो।तर, कोरोना संक्रमणपछि भने चीनियाँ सेनाले दैनिक सुराकी खटाउने कार्य वन्द गरेको छ। वरु, कम्पनीमा कामदारका रुपमा सेना परिचालन गरेको र उनीहरु मार्फत नै सुचना संकलन गर्ने, स्थानीय प्रहरी/प्रशासनलाई निर्देशन दिने र नेपाल भुमीमा चिनको पक्षमा वातावरण वनाउने काम गरिरहेको उनीहरु वताउँछन् । 
यतिमात्र होईन, उनीहरुले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावस्यक रुपमा हस्तक्षेप गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुलाई चीन भ्रमण लैजाने देखि उपचार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चीनियाँ सेनाले नै गर्दै आएको उनीहरुको वुझाई छ।यसअघि भन्सार नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ। अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीवासी वताउँछन् । उक्त क्षेत्र चीनियाँको कब्जामा छ।
सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफुहरु सुरु देखि नै लामो साँघुमा रहेको दावी गरेकी छिन् । सीआरसीसीका नाममा चीनियाँ सेनाको गतिविधि वढेको र क्याम्प राखेको विषय भने उनले अस्विकार गरिन। यो विषयमा आफुले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा ससस्त्र प्रहरीले आफनो हिसावले त्यसको ब्यवस्थापन गर्ने उनको भनाई छ। 
नेपाली भुमी कब्जा गरेर वसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर वसेको वताईन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment