एक किलो १५५ ग्राम सुन र चार वटा आइफोनसहित तीन जना पक्राउ


काठमाडौं २० माघ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा पक्राउ परेका हुन् ।
प्रहरीले हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका परियार, साह र शेर्पालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो । जानकारी अनुसार शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स र दुई वटा ५० ग्राम सुनको बेरूवा औंठी तथा साहको साथबाट ४ वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामानसहित परियार, साह र शेर्पा तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको उक्त सुन र आइफोनको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment