मुलुकभर थप ३१७५ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु


काठमाडौं २० माघ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार २६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ९५ हजार ०६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७२३ जना कोरोना मुक्त भए, १४ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७२३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६०५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ३८ हजार ५४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता