अनेरास्ववियुद्वारा त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन

 काठमाडौं २० माघ। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।


विहीबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । त्यस्तै उनीहरुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने माग गरेका थिए ।
पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा विद्यार्थी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment