सुन्दरहरैँचाको बाँसबारीबाट बालिका बलात्कार गर्ने रामदेव पक्राउ


इटहरीः सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा १२ बर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।


मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि बलात्कारमा संलग्न स्थानीय ५३ बर्षीय रामदेव चौधरीलाई पक्राउ गरिएको छ ।
चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले ललाईफकाई घरनजिकको बाँसघारीमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेका रामदेवलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । डिएपी श्रेष्ठका अनुसार बलात्कार पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment