इलामको गोदकमा वस दुर्घटना, एक जनाको मृत्यू


इलाम, १० फाल्गुनः बारा जिल्लाबाट इलाम घुम्न आएको बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको इलाम नगरपालिका १० गोदक घट्टा नजिकै दुर्घटना हुँदा बारा सम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसवाहाको मृत्यु भएको हो ।


 बस अनियन्त्रित भै दुर्घटना हुँदा अन्य चार जना घाईते भएको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कुसवाको नालीमा बस ठोक्कीँदा झ्यालबाट हाम फाल्ने क्रममा बसले च्याप्पीएर मृत्यू भएको बताइएको छ । 
३४ जना यात्रु बोकेर इलाम घुम्न आएको ना ४ ख ६२४८ नम्वरको बस गए राती  अनियन्त्रित भई सडकको नालीमा ठोक्किएको थियो । दुर्घटनामा परि गम्भिर घाईते हुनु भएका ४० बर्षीय धुरुप कुसुवाहको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।
अन्य सामान्य घाईते ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment