टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोटः युएईद्वारा नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत


इलाम, १० फागुनः आईईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलको पहिलो सेमिफाइनल खेलमा नेपाललाई युएईले १७६ रनको लक्ष्य दिएको छ । टस जीतेर व्याटीङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको हो । 
युईएले ओपनर मोहम्मद वसीमको ७० रन र विकेटकिपर व्याट्समेन वृत्य अरविन्दको  ४६ रनको मद्दतमा १७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालको लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले समान ३÷३ विकेट निकाले भने कप्तान सन्दिप लामिछानेलो १ विकेट लिए । 
अव नेपालले जितको लागि निर्धारित २० ओभरमा १७६ रन बनाउनु पर्ने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment