सन्तबिर लामा, बौद्ध गुम्बा र बौद्धधाम

  •  जीवन शर्मा

बिकासका काममा अत्याधिक रुचि भएका हिम्मतिला र आटिला सन्तबिर लामा राणाकालिन समयका इलामका बडाहाकिम हुन । उनलाई जान्ने बुझ्नेहरु खरसाङ्गे भन्ने गर्छन । दार्जिलिङको खरसाङबाट नेपाल आइ बसोबास गरेक्क हुदा खर्साङ्गे भनिएको हो । 
वास्तवमा सन्तबिर लामाका पुस्ता कहाका हुन भन्ने कुरा प्रष्ट छैन । दार्जिलिङको खरसाङबाट धोद्रे आएर बसोबास गरेको कुरा चाहिँ प्रष्ट छ । त्यसैले उनलाई खर्साङ्गे भनियो । उनको बारेमा अध्ययन गर्दै जादा उनका पुस्ता काभ्रे जिल्लाका हुन भनेर भनिएको छ । उनका बुवा तत्कालिन समयमा राजपरिवारमा काम गर्थे रे । उनको शाहहरु राणाहरु र राज परिवारमा राम्रो पहुच थियो अर्थात बिश्वासिला थिए । 
पुर्व एकीकरणको क्रममा पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले राजकिय कम स्म्हालेर एकीकरण अभियानलाई निरन्तरता दिदा  उनका पुर्खाहरु सैनिक क्षेत्रमा थिए भनिन्छ । त्यसो हुदा उनका पुर्खाले युद्धको आखिरीमा बहादुर शाहसङ्गै गोर्खेमा बास बसेको र कति आफन्त इलामकै पुर्वी भागमा बसोबास गर्न थाले । तर सन्तबिर लामाका बाजे खलक चाहिँ दरवारका विश्वास पात्र  भएको हुदा बहादुर शाहसङ्गै फर्केर काठमाडौ नै गएका थिए भनिन्छ  । 
पछि बि स १९०३ मा जङ्ग बहादुर राणाले सत्ता हत्याएपछि पनि उनीहरू दरवार मै रहेको र देव शम्सेरलाई देश निकाला गर्दा सन्तबिर लामासहित उनका आफन्तहरुलाई पुर्व धपाइएको बताइन्छ ।  त्यति बेला देव शम्सेर सङ्गै यिनको परिवार गोर्खे आएर बसेको र पछि भारतमा बसोबास गरेका हुन । 
भारतमा बसोबास गरेका सन्तबिर लामाको परिवारलाई राणाहरुले बोलएपछी देव शम्सेरको परिवार चाहिँ वर्मातिर लगेको बताइन्छ । मान्छेको खुबी र क्षमता दरवारमा नै चिनेका राणाहरुले नै उनलाई बोलाई ल्याएको बताइन्छ । इतिहासकार्हरु बताउछन सन्तबिर लामा दरवारमा नै हुर्केका व्यक्ति हुन । त्यसैले उनी राम्रोसँग लेख्न पढ्न जान्दथे । शिक्षाको महत्व बुझेका थिए । उनले बौद्धधाममा बिद्यालय पनि स्थापना गरेका हुन । 
तत्कालिन युवराज महेन्द्रले बिद्यालय सिलान्यास गरेका हुन । त्यसो त सन्तबिर लामा आफू पनो लेखक हुन उनले इलाम दर्पण नामक पुस्तक पनि लेखेका छन । दरवारमा हुर्केका सन्तबिर लामामा नेतृत्व गर्ने क्षमता राणाहरुले दरवार मै देखिसकेका थिए । कतिले त सन्तबिर लामाकी आमा राणा शाहकी छोरी हुन पनि भन्ने गरेको पाइन्छ । त्यसैले उनलाई बडाहाकिम हुन सहज भयो । उनको क्षमतासङ्गै दरवारसङ्गको सम्बन्धले बडाहाकिम हुन सहयोग गर्‍यो भनिन्छ । 
सन्तबिर लामा कडा मिजासका भए पनि बिकासप्रेमी र अत्यन्तै दुरदर्शी व्यक्ति थिए । उनले यातायात नै बिकासको अभिन्न अङ्ग हो भन्ने बुझेका थिए । त्यसैले पुर्वी इलामका धेरै ठाउँमा मोटर बाटो खनाएका थिए । यिनका जगत अम्बिर जुद्धवीर र केशर नाम भएका छोराहरु थिए । जेठा जगत झापाको दमकमा माइला अम्बिर सुखिया पोखरीमा साइला जुद्धबिर काठमाडौ र कान्छा बिजय सुखियामा बसोबास गरेको देखिन्छ । एक छोरी रहेको बताइन्छ बसुन्धरा लामा ।
तत्कालिन प्रहरी महानिरीक्षक डि बी लामा श्रीमती बशुन्धरा लामा यिनकी छोरी हुन भनिन्छ । सन्तबिर लामा कै परिवारले नेपालमा घडी बनाएको र उक्त घडीको नाम डोल्मा घडि रहेको बताइन्छ । सम्भवत जुद्धबिर लामाकी छोरीको नाममा घडि बनाइएलो हो । 
बौद्धधाममा रहेको गुम्बा 
बौद्धधाममा निर्माण भएको गुम्बा सन्तबिर लामाले बनाएका हुन । जसको शिलान्यास तत्कालिन युवराज  महेन्द्र्ले गरेका हुन । यो गुम्बा कसरी निर्माण हुन पुग्यो एउटा रोचक ईतिहास छ । माथी नै भनिसकियो सन्तबिर लामा राजपरिवारसङ्ग नजिकका थिए । 
एकपटक सन्तबीर लामा राजा त्रिभुवन दलाई लामा र वर्माका वाणिज्य महादुतको भारतको कलकतामा भेट  भएछ । त्यति बेला राजा त्रिभुवनले सन्तबिर लामालाई औल्याएर नेपालमा पनि ल्हासाको जस्तै गुम्बा बनाउन भनेछन । दलाई लामाले नेपालमा मात्र होइन तिब्बत बर्मा र नेपालमा गरि ३ वटा गुम्बा बनाउने प्रस्ताव राखेछन । सोही प्रस्ताव अनुसार सन्तबिर लामाले तत्कालिन धोद्रेमा गुम्बाको लागि जग्गा तयार गरि राजदवारमा खबर गरेछन । राजा त्रिभुवनले युवराज महेन्द्रलाई सिलान्यास गर्न पठाएछन । 
यसरी एकै समयमा ३ वटा गुम्बा बनिएका हुन । तर बौद्धधामको नाङ्वासाङ्गे गुम्बा आर्थिक कठिनाइको मारमा परेर संचालनमा कठिनाइ भोगिरहेको छ । यसरी गुम्बा निर्माण पछि त्यहाको नाम बौद्धधाम भएको अर्थात बौद्धहरुको धाम रहेको ठाउँ कहलिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment