इलामकाे साँखेजुङमा पत्नीलाई खुकुरी प्रहार गरेर पति झुण्डिएर आत्महत्या, पत्नीको अवस्था गम्भीर

 इलाम, भदौ ६

इलाम नगरपालिका–१ साँखेजुङमा आज बिहान एक पुरुषले आफ्नै पत्नीमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । पत्नीलाई आक्रमण गरेपछि ती पुरुषले घर नजिकै झुण्डिएर आत्महत्या गरेको स्थानीय वडाध्यक्ष गायत्री रामबस्नेतले माइपोेखरी न्युजलाई जानकारी दिनुभयो।

घटना अनुसार, ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नी ४० वर्षीया श्रीमती टीका मुखिया (राई)माथि धारिलो हतियार प्रयोग गरेका थिए । घटनामा गम्भीर घाइते भएकी मुखियालाई इलाम अस्पताल पुर्‍याइए पनि अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि झापा लगिएको वडाध्यक्ष रामबस्नेतले बताउनुभयो।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment