सवारी दुर्घटनामा चिया पसल सञ्चालन गर्दै आएका बुद्धिबहादुरकाे मृत्यु


मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौँडा–१० निवासी वर्ष ५१ को बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

उनको अनुसार आज दिउँसो पूर्वपश्चिम सडकखण्डअन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
श्रेष्ठ मोटरसाइकलमा सवारी थिए । दुर्घटनापछि घाइते हुनुभएका श्रेष्ठलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको र केही बेरमा नै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हो ।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतक श्रेष्ठले विगत लामो समयदेखि हेटौँडाको सीमा चोकमा चिया पसल सञ्चालन गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment