संसद भवनकाे गेटैनिर ‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर बम !


काठमाडौँ १६ फाल्गुन । नयाँ बानेश्वरस्थित संसद भवनकाे गेटैनिर सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएकाे छ । भवन अगाडिको मुख्य सडकमा राखिएकाे उक्त वस्तु बम नै हाे या तर्साउन राखिएकाे मात्र हाे भन्ने यकीन हुन सकेकाे छैन । प्रेसरकुकरमा ‘नाे एमसीसी’ लेखिएकाे छ ।
शंकास्पद रूपमा राखिएकाे उक्त प्रेसरकुकरबारे नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । बम बनाएर राखेकाे भए सेनाकाे टाेलीले निस्क्रिय (डिस्पाेज) गर्नेछ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले उक्त स्थानमा सुरक्षाकर्मी खटाइएकाे छ भने डिस्पोजको तयारी भइरहेको छ । उक्त मुख्य सडक अहिले बन्द गरिएको छ ।
व्यापक विराेधका बीच अाइतबार संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरिएकाे थियाे । त्यसकाे विराेधमा अाज नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा लगायत ६ दलले बन्दकाे घाेषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment