मेचीराजमार्ग कोलोपत्रेस्तरको सडक पुनः कालोपत्रेको काम सुस्त


इलाम । झापाबाट पूर्वी पहाडका तीन जिल्ला जोड्ने मेची राजमार्ग पुनः कालोपत्रेका लागि गत वर्ष ठेक्का संझौता भएपनि अहिलेसम्म ३० प्रतिसत मात्रै काम भएको छ । खाल्टाखुल्टि अधिक रहेको सडकको कालोपत्रे स्तरमा मर्मतका लागि पुनःस्थापना कार्यक्रम मार्फत ८ वटा प्याकेजमा ठेक्का संझौता भएपनि काम नभएको हो ।

निर्माण कम्पनीले काम नगर्दा पूर्वी पहाडका तीन जिल्लालाई तराईसँग जोड्ने मेचीराजमार्ग पुनःस्थापनाको काम सुस्त भएको हो । दैनिक सयौँ सवारीसाधनको आवतजावत हुने राजमार्ग मर्मतका लागि ठेक्का संझौता भएपनि पुनःस्थापनको काम अलपत्र परेको हो ।

सडक डिभिजन इलामले इलाम झापाको सीमावर्ती क्षेत्र चिहानडाँडादेखि पाँचथर र ताप्लेजुङ्गको सीमा क्षेत्र काबेली खोलासम्म सडक पुनः कालोपत्रे गर्ने ठेक्का संझौता गरेको थियो । गत आर्थिक वर्षमा ठेक्का संझौता भएको पुनःस्थापनाको काम निर्माण कम्पनीले सडक खाल्डा खनेर त्यस्सै छोडेका छन् । सडक पुनःस्थापनाको काम समयमा नै नहुँदा र सडक जिर्ण भएकाले दैनिक रुपमा सडक दूर्घटना बढेको रोङ गाउँपालिका अध्यक्ष समसेर राईले बताए ।

सडक डिभिजन इलामले राजमार्ग पुनःस्थापनको कामका लागि गत आर्थिक वर्षमा ८ वटा प्याकेजमा ठेक्का संझौता गरेको थियो । ८ वटा प्याकेज मध्ये माईखोला बिब्ल्याँटे प्याकेजको काम मात्रै ९५ प्रतिशत भएको छ । अन्य ६ प्याकेजको काम ३० प्रतिशत मात्रै रहेको सडक डिभिजन इलामका सुचना अधिकारी संजय गौतमले बताए ।

सडक डिभिजनले सडक पुनः कालोपत्रेका लागि राजमार्गको दुई प्याकेज २०७७ माघ २६ मा ठेक्का संझौता गरेको थियो । बाँकी ५ प्याकेजको पुनःस्थानाका लागि चैत्र महिनामा ठेक्का संझौता भएको हो । इलाम झापाको सीमा क्षेत्र चिहानडाँडादेखि फिक्कल सडक खण्डको पुनःस्थापनाको काम श्री शिवशक्ति इन्फाले जिम्मा पाएको थियो । सडकका खाल्टा मर्मत सहित २२ किलोमिटर सडक कोलोपत्रे स्तरमा पुनःस्थापना गर्ने संझौता भएको थियो । ५ करोड ७० लाखमा ठेक्का संझौता भएको सडक कालोपत्रेको काम अहिले ३० प्रतिशत मात्रै रहेको डिभिजनका सुचना अधिकारी संजय गौतमले बताए ।

सडक डिभिजन कार्यालयले माईखोला बिब्ल्याँटे खण्ड पुनःस्थापनको काम गर्नका लागि देव एण्ड सायर एस ए एस देवीडाँडा जेभीले ठेक्का पाएको थियो । यो कम्पनीले आफ्नो काम ९५ प्रतिसत गरेको छ । १३ किलोमिटर कालोपत्रे स्तरको पुनस्थापना कामको लागि ३ करोड रुपैयाँमा ठेक्का संझौता भएको थियो । यो कम्पनीले आफ्नो काम पुरा गर्न ५ प्रतिशत मात्रै बाँकी रहेको सडक डिभजिन कार्यालय इलामले जनाएको छ ।

डिभिजनबाट पुवाखोला राँके, राँके कान्छिदोकान र कान्छिदोकान फिदिमसम्म कालोपत्रे स्तरमा सडक पुनःस्थापनाका लागि पुजा साहा जेभीले ठेक्का संझौता भएको थियो । ४३ किलोमिटर सडक कालोपत्रेका लागि १० करोड ७ लाखामा ठेक्का संझौता भएको छ ।

सडक डिभिजन कार्यालयले पाँचथरको फिदिम गोपेटार, गोपेटार भालुचौक भालुचौक काबेली सडक खण्ड कालोपत्रे गर्नका लागि गत आर्थिक वर्षमा नै ठेक्का संझौता गरेको थियो । फिदिम गोपेटार सडक खण्डमा ३५ किलोमिटर, गोपेटार भालुचौक सडक खण्डमा १२ किलोमिटर र भालुचौक काबेली सडक खण्डमा १० किलोमिटर कालोपत्रे गर्न ठेक्का संझौता गरिएको थियो ।

ठेक्का संझौतापछि कोरोना माहामारी र मौसम प्रतिकुलका कारण काम भएको निर्माण व्यवसायीको भनाइ छ । सडक कालोपत्रेको काम चालु आर्थिक वर्षमा सक्ने सडक डिभिजन इलामका डिभिजन प्रमुख बिदूर पोख्रेलले बताए ।

सडक पुनस्थापनाको काम ढिलो हुँदा राजमार्गका खल्टाखुल्टि सडक दुर्घटनाका कारक बनेका छन् ।

लाेकल सन्देशबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment