यस्तो छ आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात



काठमाडौँ २१ माघ । हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ । आज बिहानैदेखि देशभर सामान्य तथा पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । गएराति पनि धेरै स्थानमा हिमपात भएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ तथा असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment