इलाममा थप ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२५ पुग्यो


इलाम, १८ माघः विश्वभरी नै तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमण अहिले इलाममा पनि फैलिएको छ । इलाममा सोमबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

आज संक्रमण पुष्टी हुनेहरुमा इलाम नगरपालिकामा ८ महिला र १८ पुरुष, देउमाई नगरपालिकामा ६ महिला १३ पुरुष, फाकफोकथुम गाउँपालिकामा ६ महिला ६ पुरुष र रोङ गाउँपालिकाका २ महिला रहेका छन् । जिल्ल वाहिरका १ पुरुष रहेका छन् । 

इलाममा अहिले ४०९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सवै संक्रमित होम आइशुलेशनमा रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment