इलामको पशुपतिनगरमा रहेकाे नेपालकै पुरानो सरकारी चिज कारखाना बन्द हुने अवस्थामा

  • जीवन शर्मा

सूर्योदय, १६ फागुनः सूर्योदय नगरपालिका वार्ड न ३ जरायोटार पशुपतिनगरमा सन्चालित नेपालकै सबैभन्दा पुरानो चिज कारखाना बन्द हुने अवस्थामा पुगेको देखिन्छ ।  
नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको उक्त कारखाना २०४२ सालमा स्थापना भइ नियमित रुपमा चिज उत्पादन हुँदै आइरहेको भएतापनी कारखानाको अवस्था दयनीय बनेको छ । विशेष गरेर पछिल्ला राजनैतिक घटना क्रममा नेपाल बन्द लगायतका बिरोधका कार्यक्रमले उक्त कारखानालाई प्रतिकुल असर पारेको देखिन्छ । पटक पटक बन्द, मिल्क होलि डे तथा किसानलाई दिइने दुधको रकम भुक्तानीमा ढिलो हुन थाले पछि दुग्ध किसानहरुले दुधको बैकल्पिक बजार खोज्न थालेका हुन । 


३ महिनासम्म भुक्तानी नहुनु र महिनामा ७ दिनसम्म मिल्क होलिडे हुनुले सरकारी कारखानाप्रति दुग्ध किसानको बिश्वास घट्दै गएको छ । त्यसको परिणाम  नकारात्मक बन्दै गयो अन्ततः सरकारी कार्यालय नै बन्द हुने अवस्थामा पुग्यो । त्यसो त दुधको बजार नै नभएर बन्द हुने अवस्थामा पुगेको भने होइन ।
 यहि क्षेत्रमा अहिले पनि आधा दर्जनभन्दा बढी निजी क्षेत्रबाट  चिज कारखाना सन्चालित छन । ती सबै कारखानाले क्षमता अनुसारको दूध किनिरहेका छन । तर यता दैनीक १५००० लिटर दूध प्रशोधन गर्न सक्ने सरकारी कारखानामा भने दैनी ५०० लिटर दूध पनि सङ्कलन भएको देखिदैन । 
जुन दूध प्रशोधन गरेर त्यहा कार्यरत कर्मचारी पालिन सक्ने अवस्था पनि देखिदैन । सबै कुराबाट सुबिधा सम्पन्न र दक्ष जनशक्ति भएर पनि पशुपतिनगर चिज कारखाना बन्द हुने अवस्थामा पुग्नुको मुल कारण चाहिँ दुधको मूल्य भुक्तानीमा ढिलाई हुनु नै हो । एकातिर किसानको प्रती लिटर दुधको लागत मुल्य भन्दा बिक्री मुल्य धेरै कम हुनु र नियमित भुक्तानी र बिक्रीमा अनावश्यक कडाइ झन्झट र मिल्क होलिडे जस्ता कार्यहरु हुनु हो । 
नेपाली बजारनै दूध र दुधजन्य पदार्थको माग हुदाहुदै पनि सम्बन्धित पक्षहरूले ध्यान नपुर्‍याउदा नेपालको एक मात्रै सरकारी स्तरको चिज कारखाना बन्द हुने अवस्थामा पुग्नु दुखदायी बिषय हो। तसर्थ सरकारी पक्षबाट किसान केन्दित विभिन्न कार्यक्रमहरु ल्याएर चिज कारखानालाई नियमित गर्नुपर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment