एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको छ, जनतामा भ्रम हटाउनुपर्छ : प्रवक्ता महत


काठमाडौँ १६ फाल्गुन। नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसीमा राखिएको १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अमेरिकाले स्वीकारेको दाबी गरेको छ । आइतबार संसदबाट उक्त घोषणासहित एमसीसी पास गरिएको थियो । कांग्रेसले पछि संसदबाट पास गरिएको व्याख्यात्मक घोषणाप्रति नेपाल र अमेरिकाको समान धारणा रहेको बताएको हो ।
आज (सोमबार) सानेपामा आयोजित एक पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाशशरण महतले १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वागत गरिसकेको बताएका हुन् । उनले भने, ‘अब एमसिसीमा कुनै समस्या छैन । उक्त आयोजनामा अवरोध गर्नु विकास विरोधी काम हुनेछ, त्यस्तो कसैले गर्न हुँदैन ।’
अझै पनि जनस्तरमा एमसिसीबारे भ्रमहरु बाँकी रहेको भन्दै उनले त्यस्तो भ्रम आफू र अन्य पार्टीले हटाउनुपर्नेमा जोड दिए । एमसिसी पारित गर्दा सघाएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत सबैलाई उनले पार्टीको तर्फबाट धन्यवाद समेत दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment