प्रदेश १ : १४ सदस्यीय मन्त्रिपरिषद्, इलामकी खिनु सहित नियुक्त भए ८ मन्त्री


विराटनगर २३ माघ। गत कात्तिक १६ गते गठन गरिएको प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राई नेतृत्वको मन्त्रिपरिषद् ६ सदस्यीयबाट १४ सदस्यीय बनाइएको हो ।
पुर्नर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित १३ जना मन्त्री र एक जना राज्यमन्त्री गरेर १४ रहेका छन् । प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारका लागि कार्यविभाजन नियमावली संशोधन गरी ७ वटा मन्त्रालयबाट १३ वटा मन्त्रालय बनाइएको छ ।
दलीय भागबण्डालाई पूर्णता दिन प्रदेश १ सरकारले मन्त्री नियुक्त गरेको हो । आइतवार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराएका छन् ।
प्रदेश १ का मन्त्रीहरुमा राजेन्द्र कुमार राई मुख्यमन्त्री, इन्द्र आङ्बो–आर्थिक मामिला तथा योजना मन्त्रालय, हिमाल कार्की–सडक पूर्वाधार तथा शहरी विकास मंत्रालय, केदार कार्की–आन्तरिक मामिला तथा कानून मन्त्रालय, जयराम यादव–स्वास्थ्य मन्त्रालयको कार्यविभाजन गरिएको छ ।
यसैगरी राम कुमार राई–खानेपानी, सिंचाई तथा उर्जा मंत्रालय, राजन राई–सामाजिक विकास मंत्रालय, खिनु लङ्बा लिम्बु–पर्यटन तथा संस्कृति मंत्रालय, झलक कुमार मगर–कृषि मंत्रालय, शेखरचन्द्र थापा–वन, वातावरण तथा भूसंरक्षण मंत्रालय, ओमप्रकाश सरावगी–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रतापप्रकाश हाङ्गाम–उद्योग, श्रम तथा रोजगार मंत्रालय, उपेन्द्र घिमिरे–यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र विष्णु तुम्बाहाम्फे–सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
सो कार्यक्रममा सभामुख, प्रदेश सांसदहरु, प्रमुख सचिव, सचिव तथा उच्चपदस्थ कर्मचारीहरुका साथै सर्बसाधारणहरुको उपस्थिति रहेको थियो । मन्त्री थप्न पाइदैन भन्दै नेकपा (एमाले)का जनवर्गीय संगठनले प्रदेश प्रमुख कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment