इलामको सूर्योदय नगरपालिका भित्रका–३ वटा सडक कालोपत्रे गर्न टेण्डर आवहान


फिक्कल । इलामको भालुखोप–लक्ष्मीपूर–थाक्ले हुदै खुदुनाबारी सडक कालोपत्रे हुने भएको छ । उक्त सडक कालो पत्रे गर्नका लागि ४० करोडको हाराहारीमा डिभिजन सडक कार्यालय इलामले टेण्डर आह्वान गरेको हो ।

यस्तै पशुपतिनगर– मानेभन्ज्याङ–जोगमाई हुँदै पाँचथरसम्म पुग्ने बाटोको पहिलो चरणको कार्यलाई ( पशुपतिनगर – मानेभन्ज्याङ)  को पक्की सडक निर्माणको लागि ५ करोडको टेन्डर आह्वान भइसकेको छ ।
उक्त सडकको क्रमागतको लागि प्रक्रिया अघि बढिसकेको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले लक्ष्मीपूर कृषि उत्पादनको खानी र पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भएको बताउँदै उक्त सडक निर्माणले आर्थिक लगायत बहुआयामिक परिवर्तनमा भूमिका खेल्ने बताए ।उनले माथिल्लो क्षेत्रमा निर्माण हुने सडकले चित्रे गुम्बा लगायत आन्तरीक पर्यटनको विकास हुने बताए ।
यस्तै छिपिटार–छव्वीसे–बौद्धधामको सडक निर्माणका लागि समेत टेन्डर आह्वान भइसकेको छ । नगर प्रमुख राईले भने ‘लामो पर्खाई र निरन्तरताको प्रयास पछि नगरपालिकाभित्र निर्माण हुन लागेका आयोजनाहरूमा सम्पूर्ण नगरबासीको समेत महत्वपूर्ण भूमिका हुनेछ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment