
इटहरीः कोशी लोकमार्गको धरान–इटहरी सडक खण्डमा चारकोशे झाँडीमा गत हप्ता भएको दुर्घटनामा गम्भिर भएका धरान उपमहानगरपालिका वडा नम्बर १३ का नहकुल आचार्यको मृत्यु भएको छ ।
गत फागुन १७ गते सेउती खोला छेऊमा भएको दुर्घटनामा परि ५७ बर्षिया आचार्य गम्भिर घाइते बनेको थिए । धरानबाट इटहरीतर्फ जाँदै गरेको यात्रुबाहक बस र धरान आउँदै गरेको स्कुटी जुधेको थियो । ना ५ ख ६५४६ नम्बरको बस र इटहरीबाट धरानतर्फ आउँदै गरेको को३६प १०२७ नम्बरको स्कुटी एक आपसमा जुधेका थिए ।
बोल्न समेत नसक्ने अवस्थामा रहेका स्कुटी चालक आचार्यको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको र थप उपचारका लागि उनको विराट नर्सिङ होम लगिएको थियो । उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment