जलसंकटमा चीन, नदिहरुमा पानीको खडेरी


जल बिनाको जीवन असम्भव छ । तसर्थ जल बचाव लगायतका प्रयासहरु वैश्विक रुपमै प्रयाप्त भैरहेको देख्न सकिन्छ । पानीको सतह तल तल गएपछि जमीन मूनि पानीको आभाव भएको महसुस गरिन्छ । नदिहरु सुक्न थाल्छन, बोरिङ्गहरुले पानी तान्न छोड्छ र  जल संकटको स्थिति सृजना हुन्छ ।
पानी बनाउने कुनै प्लान्ट नभएर होला चीनमा पनि जल संकटको खतरा देखिएको छ । प्रकृतिको सीमित स्रोतहरु मध्ये जलाशयहरु पनि हुन । चीनको दक्षिणी मेगासिटीहरूले पूर्वी नदी खडेरीको समयमा पानीको कमीको चेतावनी दिन्छ ।
चीनका प्रमुख दक्षिणी सहरहरू ग्वाङ्झाउ र शेन्जेनले आगामी वसन्तसम्म पानीको तीव्र अभाव हुने चेतावनी दिएका छन् किनभने गुआङ्डोङको पर्ल नदीको सहायक नदी पूर्वी नदी दशकौं यताकै सबैभन्दा ठूलो खडेरीको चपेटामा परेको छ। पानी कुनै फैक्ट्रीमा उत्पादन हुने मालसामान नभएर होला चीनमा पनि जलसंकटको खतरा देखिएको । किनकी विश्वबजारमा चीनीया उत्पादनका लगभग हरेक सामान उपलब्ध छन, नभएको केवल हावा, पानी र जमीन नै हो ।
दुबै सहरका अधिकारीहरूले नागरिकहरूलाई पानीको खपत घटाउन आग्रह गरिरहेका छन्, गत वर्ष जनवरीदेखि अक्टोबरको बीचमा वर्षा विगत दशकको औसत स्तरको तुलनामा एक चौथाईले कम भएको जनाएको छ।
दुबै शहरका लागि पानीको प्रमुख आपूर्ति पूर्वी नदी बेसिनमा पानीको प्रवाह अर्को वसन्तसम्म यसको सामान्य स्तर लगभग 50-60% रहनेछ,  भनि आधिकारिक सूचना केही महिना अगाडी प्रकाशित गरिएको थियो ।
हङकङले पनि आफ्नो धेरै पानी पूर्वी नदीबाट आयात गर्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment