कविताः आसन्न चुनावमा, नभन्नु है भेडा

  • अनुजा काफ्ले

जलस्रोतको दोस्रो धनी देश हो 
विश्वमा नेपाल 
विद्युतको मूल्य वृद्धि गरि 
भारतले पार्यो है फसाद

कृषिप्रधान देश हाम्रो 
कृषिमा नै छ पीडा
आसन्न चुनावमा 
नभन्नु है भेडा

स्रोतहरु छन् यहाँ टनाटन
तर परिचालनका लागि
अस्त्रहरु भने छैन
संसदमा हुन्छ मात्र भनाभन 

न्युनतम खर्च मात्र धान्न सक्नेछ 
हाम्रो औकात
कहिले गर्न सक्नु होला
विकासका पुर्वाधारको मौज्दात 

बल्लतल्ल दुख गरि म दुखीले 
सरकारलाई तिरेको कर
जनतामाथि कृपा दृष्टि राखी 
नेताज्यू  अब फजुल खर्च नगर

हातका  नङ्ग्रा ख्याई
खाइ नखाई तिरेको महसुल 
पदभार ग्रहण गरि 
चियरमाथि बसेर व्यर्थैमा न असुल 

विदेशिएका युवाहरूको पिडा 
सनसनी बग्दछ
त्यहीँ विप्रेषणले मात्र
देश यहाँ चल्दछ

कहिलेसम्म बस्नु यहाँ 
गुलामको हली बनी
बोलाऔँ न स्वदेशमा नै
आय र रोजगारको बाटो खनी
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment