राष्ट्रपति भण्डारीलाई विहानै भेट्दै वाङ यी, ओली–प्रचण्डलाई भेटेपछि भ्रमण अन्त्य गर्ने


काठमाडौं १३ चैत्र। तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेट गर्ने भएका छन् ।

उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, समकक्षी डा. नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारी र विदेशमन्त्री वाङबीच आज बिहान १० बजे भेटवार्ता हुने भएको हो ।
राष्ट्रपतिसँगको भेटपछि विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवर्ता गर्नेछन् ।
ओली र प्रचण्डलाई होटल हायातमा भेट्ने कार्यक्रम रहेको छ । उनले ओलीसँग बिहान ११:१० देखि ११:४० भेटवार्ता गर्ने जनाइएको छ ।
त्यसपछि सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग होटल हायातमै भेट्नेछन् ।
उनले प्रचण्डसँग भने ११:४५ देखि १२:१५ सम्म भेट्ने तालिका रहेको छ । त्यसपछि विदेशमन्त्री यीको तीन दिने नेपाल भ्रमण समापन हुने छ ।
र, ३ बजे बेइजिङका फर्किनेछन् ।
विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यो तेस्रो पटक हो । प्रधानमन्त्री देउवासँगको भेटमा नेपाल र चीनबीच द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रलायले जनाएको छ ।
वाङले चिनियाँ प्रधानमन्त्री ली खस्याङको सन्देश प्रधानमन्त्री देउवालाई सुनाएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले पनि वाङ यीलाई कोरोना खोप सहयोग गरेको प्रति धन्यवाद दिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment