माईजोगमाईमा नेकपा एस निकट शिक्षक समिति एमालेमा समाहित, कांग्रेसलाई नियुक्ती नै गरेनौँ (भिडियो सहित)


नयाँबजार १२ चैत्र। माईजोगमाई गाउँपालिकाका नेकपा एकीकृत समाजवादी निकट प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका सदस्यहरु नेकपा एमालेमा निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा समायोजन भएको छ । माईजोगमाई गाउँपालिका भरिका जम्मा १५५ जना सहितको पूर्ण समिती नै एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन माइजोगमाई गाउँ कार्य समितिमा समायोजन भएको नेकपा एमाले माईजोगमाई गाउपालिका उप सचीव धन बहादुर सुवेदिले जानकारी दिए ।
एकीकृत समाजवादी निकट प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका माईजोगमाई गाउपालिका संयोजक तथा केन्द्रिय सदस्य टीका देवि भण्डारी प्रदेश कमिटी सदस्य ओम अधिकारी लगायत १५५ जना शिक्षक एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा समायोजन भएको सुवेदीले जानकारी दिए ।
कार्यक्रमा वोल्दै संयोजक टीका देवि गौतम भण्डारीले आफुहरु घर फर्किएको र काम गर्ने क्रममा पनि काँग्रेसका एक जनालाई पनि शिक्षकमा नियुक्ती नगरेको दावी समेत गरिन । माईजोगमाईमा ५ बर्ष यता १ जना कांग्रेसलाई नियुक्ती गरेको तर उसलाई पनि नेकपा एमालेको टीकट कटाई सकेको समेत जानकारी गराईन । 
हेर्नुहाेस उनकाे भिडियाे

प्रवेशीहरुलाई माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा एक कार्यक्रम गरि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा इलाम नगरपालिका प्रमुख  महेश बस्नेतले प्रवेश गराएका हुन । यता भर्खरै प्रवेश गरेकी टीका देवि भण्डारीले नेपाल राष्ट्रिय शिक्षक संगठन जस्तो व्यापक नभएको , शिक्षकहरुको हकहित पूरा हुन्छ भन्ने विश्वास नभएको र नेपाल राष्ट्रिय शिक्षक संगठनमा नै भरोसा र विश्वास बढेकोले प्रवेश गरेको बताइन ।
त्यस्तै एकीकृत समाजवादी नेपाली काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरि १५ जना एमालेमा प्रवेश गरेका छ्न उनिहरुलाई जिल्ला अध्यक्ष बस्नेत तथा नेकपा एमाले माईजोगमाई गाउकमिटी अध्यक्ष खगेन्द्र घिमिरेले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment