चाबहिलको सिरक-डस्ना स्टोरमा भीषण आगलागी, ४ वटा दमकलले आगो निभाउँदै


काठमाडौं २४ फाल्गुन । मंगलबार साँझ ८ बजे काठमाडौं महानगरपालिका–६ चाबहिल, सरस्वतीनगरस्थित सिरक-डसना स्टोरमा भीषण आगलागी भएको छ।
गोपीकृष्ण हलको पछाडि रहेको सिरक-डसना बनाउने ठाउँमा भीषण आगलागी हुँदा वरिपरिका घरमा समेत क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आगलागी नियन्त्रणका लागि चार वटा दमकल पुगेको र आगो नियन्त्रण लिने काम भइरहेको बताइएको छ । आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment