पौडी खेल्न गएका एक युवक बेपत्ता


कैलाली । कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।
सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment