एमसीसी पारित भएपछि बोल्यो उत्तरी छिमेकी चीन, दियो अहिलेसम्मकै कडा प्रतिक्रिया


काठमाडौं । लामो समयको विवाद र किचलोका विच नेपालको संसदबाट विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पारित भए पछि छिमेकी मूलुक चिनले मुख खोलेको छ ।
एमसीसी पारित भए पछि अमेरिकाले तत्कालै विज्ञप्ती जारी गरेर स्वागत गरेको थियो भने चिनले पनि यस बिषयमा खरो प्रतिक्रिया दिएको छ । यस अघि पनि एमसीसीको बिषयमा दुई पटक बोलिसकेको चिनले यस पटक भने फरक खालको प्रतिक्रिया दिएको छ ।
नेपालको संसदबाट एमसीसी पारित भएको बिषयमा चिनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। यस अघि अमेरिकाले नेपालमा धम्की कुटनिती सुरु गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको चिनले एमसीसीलाई प्यान्डोराज बक्सको संज्ञा दिएको थियो भने एमसीसी पारित भए पछि यसलाई नोटिसमा राखेको भनेको छ ।
सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।
आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्रु सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।
चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो । अमेरिकाले भने खुशि व्यक्त एमसीसी अनुमोदनको स्वागत गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment