इलामकाे देउमाई नगरपालिकामा १० करोडकाे लिफ्ट सहितको प्रशासकिय भवन बन्दै


मंगलबारे । इलामको पश्चिमि क्षेत्रको प्रमुख व्यापारीक केन्द्र रहेको देउमाई नगरपालिकाले लिफ्ट सहितको आधुनिक भवन निर्माण शुरु गरेको छ । स्थानीय तह घोषणा अघिकै पुरानो भवनमा प्रशासनिक सेवा गर्दै आएको नगरपालिकाले आधुनिक भवन निर्माण शुरु गरेको हो ।

मंगलबारे गाविस हुँदाको भवनमा प्रशासकिय सेवा दिँदै आएको इलामको पश्चिमि देउमाई नगरपालिकाले आधुनिक प्रशासकिय भवन निर्माण शुरु भएको नगर प्रमुख सुर्य पोखरेलले बताए । स्थानीय तह घोषणा भई निर्वाचित जनप्रतिनिधि आएपनि प्रशासनिक काम गर्न पुरानो भवन साँघुरो भएपछि नगरपालिकाले आधुनिक भवन निर्माण शुरु गरेको हो ।


पुरानो भवन भत्काएर लिफ्ट सहितको आधुनिक भवन निर्माणको काम निर्माण व्यवसायीले शुरु गरिसकेका छन् । संघीय सरकारको समपूरक कोष र नगरपालिकाको संयुक्त लगानीमा भवन निर्माणको काम २०७८ कात्तिक २८ मा ठेक्का संझौता भएको थियो । भवन ठेक्का संझौता भएको मितिले ३० महिनामा निर्माणको काम सकि हस्तान्तरण गर्नुपर्ने प्रमुख प्रशासकिय अधिक प्रेमप्रसाद दाहालले बताए ।

भवनको स्टामेट रकम १४ करोड २३ लाख रहेकोमा ९ करोड ७२ लाखमा निर्माणको काम सक्ने गरि नवसिर्जनसिल कविन्द्र जेभिले ठेक्का संझौता गरेको छ । ५ तलाको भवनमा सभा हल सहित ४४ वटा कोठा हुनेछन् ।

२ हजार ५ सय १० वर्गमिटर क्षेत्रमा निर्माण हुने भवन परिसरमा पार्किङस्थल पनि निर्माण हुनेछ । भवन निर्माणका लागि ठेक्का संझौतापछि निर्माण कम्पनीले १० प्रतिशत भुक्तानी दिएको इञ्जिनियर प्रतिक दवाडीले बताए ।

देउमाई नगरपालिका पश्चिमि इलामको प्रमुख व्यपारीक केन्द्र हो । नगरपालिकाको प्रमुख प्रशासकिय भवनका लागि ५ रोपनी जग्गा व्यवस्थापनको भएको थियो ।

लाेकल सन्देशबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment