धरानको होटलभित्र महिलाको शव, हत्याको आशंका


१७ फागुन, विराटनगर । सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०-३५ वर्षीय महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज (मंगलबार) कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।


महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment