भेरी नदीमा पौडी खेल्न गएका दुई किशोरी र एक बालक बेपत्ता


सुर्खेत २८ फाल्गुन। सुर्खेतको भेरिगंङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा पौडी खेल्न गएका दुई किशोरी र एक बालक बेपत्ता भएका छन् ।

रानीघाट बगरमा पौडी खेल्ने क्रममा शनिबार दिउसो करिब साढे चार बजे उनीहरू वेपत्ता भएका हुन् । स्थानीय रमेश शर्माका अनुसार वेपत्ता हुनेमा भेरीगंङ्गा-१३ की १२ वर्षीया गङगा खड्का, १२ वर्षीया कृष्णा सिजाली र लकवेशी नगरपालिका-५ खलटाकुराका ८ वर्षीय दिनेश बुढा रहेका छन् ।
प्रत्यक्षदर्शी भेरिगङगा-१३ की लक्ष्मी पचभइयाका अनुसार ६ जना सँगै पौडी खेल्न गएकामध्ये तीनजना बेपत्ता भएका हुन् । बेपत्ताहरूको खोजीका लागि प्रहरीचौकी रामघाट र इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment