नेपाली कांग्रेस सूर्योदय नगरकार्य समितिकाे बिभिन्न उप–समिति गठन


फिक्कल २९ फाल्गुन। नेपाली कांग्रेस सूर्योदय नगर कार्य समितिको तेस्रो पूर्ण बैठकले विभिन्न उप सिमिति गठन गरेकाे छ । बैठकले नगर समिति सह –सचिव नविन आचार्यलाई नगर पार्टी प्रवक्ता तोकेको छ । काङ्ग्रेसका सम्पूर्ण रजिष्टर गरिएका अभिलेखहरू कम्प्यूटराइज गर्ने जिम्मा विकाश कार्कीलाई दिएको छ।


पार्टीका विभिन्न निकाय हेर्नका लागि विभिन्न समितीहरु गठन गर्दै संयोजक र त्यसका पदाधिकारीहरु तोकेको उक्त बैठकले अनुशासन समितिमा बुना कटुवाल, सूचना तथा संचार समिति विवेक शर्मा लामिछाने संगठन परिचालन समिति रमेश प्रधान जन–सम्पर्क समिति खगेन्द्र अधिकारी, शिक्षा तथा प्रशिक्षण समिति तुलाराम प्रधान भातृ संघ संस्था समन्वय समिति–सहदेव प्रधान लेखा तथा आर्थिक समिती भिस्म देवी राई शुभेच्छुक समिति कुमार प्रधान रहेका छन् ।
त्यसैगरी महिला तथा लैंगिक समानता समिति अम्विका पौडेल निरौला ज्येष्ठ नागरिक समिति भेषराज गडर्तौला संयोजक रहेका छन् ।  नेपाली कांग्रेस नगर कार्य समिति सभापति जीवन नेपालको सभापतित्वमा सम्पन्न बैठकमा १४ वटा वडा समितिका सभापतिहरूले वडामा पार्टीको अवस्थाको बारेमा जानकारी दिएका थिए । बैठकमा रिपोटिङ्ग गर्ने वडा सभापतिहरुले गठबन्धनको औचित्य नभएको बताएका थिए ।
बैठकले १२ सदस्य कार्य सम्पादन समिति समेत गठन गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment