कांग्रेसबाट इलाम नगरपालिकामा थापा, शर्मा र देवान मेयरका दाबेदार


इलाम २३ फाल्गुन। निर्वाचनको मिति नजिकदै जाँदा चुनावी चर्चा चुलिदै गएको छ । अझ सत्तारुढ गठबन्धन दलका विषयमा पनि चर्चा उत्तिकै छ । यही गठबन्धन चुनावसम्म कायम रहने र चुनावी मैदानमा उत्रने हो भने भावी चुनावी रणनीति के के बनाइनु पर्ला जस्ता विषयमा समेत छलफल हुन थालेको छ ।


आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलाम सदरमुकामको ‘इलाम नगरपालिका’को नेतृत्व कस्ले लिने भन्ने विषयमा केही समय अघिबाटै बहस शुरु भएको छ । नेपाली कांग्रेसका मात्रै तीन जना उम्मेद्वारले चुनाव अघि नै मेयरको दावी गर्दै कार्ड फालेका छन् भने नेकपा एमालेका तर्फबाट पनि तीन जनाकै चर्चा छ । यता माओवादीबाट एक जनाले मेयरको दावी गरिरहेका छन् । नेपाली कांग्रेसबाट केदार थापा, खगेन्द्र् देवान, राजेन्द्र शर्माको नाम चर्चामा छ । नेकपा एमालेबाट धिरेन चेम्जोङ , कृष्ण श्रेष्ठ, र नरेन्द्र नाथ भट्टराईको चर्चा छ भने माओवादीबाट प्रभाष शर्माको नाम अघि आएको छ ।
दलले आधिकारिक रूपमा उम्मेद्ववार घोषणा नगरे पनि सम्भावित उम्मेद्वारको चर्चा यतिबेला इलाममा चुलिएको छ । दलका प्रभावशाली नेता नै इलामको प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने भएकाले पनि उनीहरुको चर्चा चुलिएको हो ।
कांग्रेस, एमालेका नेता कार्यकर्ताबीच मेयर र उपमेयर उम्मेद्वारको चर्चा बढेको हो । कांग्रेसभित्र नगर प्रमुखका लागि ३ जनाको चर्चा छ । त्यसमा पनि इलाम नगरवासीले मेयरका लागि केदार थापालाई बढी इच्छाएको बुझिएको छ । जनतामाझ भिजेको र सरल स्वभावका उनी सबैमाझ लोकप्रिय छन् । कांग्रेस बृतमा पनि केदार थापाको चर्चा नै बढी रहेको छ । कांग्रेस इलाममा लोकप्रिय रहेका थापा युवा जमातमा पनि उत्तिकै लोकप्रिय छन् । केही महिना अघिमात्र सम्पन्न कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशनलाई हेर्दा इलाममा थापाको माहोल बलियो देखिन्छ । जसका कारण अबको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता केदार थापाकै हुने थापा निकट नेता कार्यकर्ता दाबी गर्छन् । थापा राजनीतिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि अब्वल छवि बनाइसकेकाले मतदाताको रोजाइमा परेको नगरवासीले बताउँदै आएका छन् ।
यस्तो छ केदार थापाको राजनीतिक यात्रा
२०२१ सालमा बुवा तीलकबहादुर थापा र आमा कृष्णकुमारी थापाको पुत्र रत्नका रुपमा जन्मिएका हुन् केदार । उनी माइला सन्तानका रुपमा थापा परिवारमा जन्मिएका थिए । इलाम जिल्लाको इलाम नगरपालिकामामा जन्मिएका उनको बाल्यकाल सामान्य थियो । बाल्यकालदेखिनै नेपाली कांग्रेसमा आस्था राखेका थापाले बिद्यार्थीकाल बाट नै राजनीति यात्रा तय गरेका हुन् । नेपाली कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता थापाको सक्रिय सहभागिता देखिन्छ । उनी पञ्चायतकालमा पनि आन्दोलनमा सक्रिय सहभागी भएर पार्टीलाई चलायमान बनाउन क्रियाशील रहँदै आएका थिए । २०४६ सालको आन्दोलन सफल बनाउन उनी आफ्नो ठाउँबाट अग्रहसर भएर लागेका थिए भने २०६२/२०६३ सालको जनआन्दोलनमा समेत थापाको नेतृत्बदायी भूमिका रहेको थियो । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा पनि पार्टीलाई चलायमान बनाउन सक्ने थापा हरेक आन्दोलमा आफैं अग्रभागमा आउँछन् । २०४६ सालमा नेपाल विद्यार्थी संघको सभापति रहेकै बेला उनी आन्दोलनमा सक्रिय भएर थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०५६ सालमा तरुण दलको संस्थापक अध्यक्ष बनेका थिए । ११ औ महाधिबेशनमा जिल्ला सचिव बनेका थिए भने १२ अाैँ महाधिवेशनबाट पनि उनी सचिवमा नै निर्वाचित बनेका थिए । हाल उनि महाधिबेसन प्रतिनिधिका रुपमा रहेका छन् ।
जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिका अध्यक्ष रहेर काम गरेका थापाले अस्पताललाई स्तरोन्नति गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेकै कारण सामाजिक क्षेत्रमा समेत चर्चा बटुलेका उनले विपन्न र निमुखाको आर्शीवाद पाएका छन् । इलामको सुक्खा क्षेत्रमा पानी ल्याउन अहम भूमिका निर्वाह गरिरहेका उनी इलाममेलीबीचमा रुचाइएका छन् । स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका थापा हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता
ठान्छन् । जसका कारण इलामेली नागरिककले अफट्यारोमा एक दर्बिलो खम्बाको रुपमा थापालाई लिने गरेका छन् । नेपाली कांग्रेसको राजनीतिमा ४० बर्षको अनुभव लिएका थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल उनी इलाम नगरमा निर्माणधीन साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरिरहेका छन् । यो संगै संचार क्षेत्रलाई समेत माया गर्ने थापा इलामको लोकप्रिय रेडियो नेपालबाणीको अध्यक्षमा लामो समय रहेर काम गरिसकेका छन् । थापा शालिन , मिलनसार व्यक्तिका रुपमा परिचित छन् नै नेपाली कांग्रेस भित्रमा पनि साझा एवं प्रभावशाली नेतृत्व गर्न सक्ने छवि बनाएका छन् ।
यस्तो छ खगेन्द्र देवानको राजनीतिक इतिहास
२०४६ सालबाट नेपाली कांग्रेसको सक्रय राजनीतिमा होमीएका खगेन्द्र देवानको जन्म २०१७ साल माघ २० गते भएको हो । इलामको चुलाचुलीमा बुवा सुकवहादुर देवान र आमा धनमाया देवानको कोखबाट जन्मिएका देवानलाई बाल्यकालदेखिनै नेपाली कांग्रेसका नेता वी।पी।को विचारले प्रभाव पेरेको थियो । बिभिन्न आन्दोलनमा सक्रिय भएर सहभागी भएका उनी इलाममा मात्र नभइ देश भर नै कांग्रसका निष्ठावान कार्यकर्ताको रुपमा चिनिन्छन् ।
२०४६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य लिएका उनी २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । त्यसयता उनले २०५८ सालमा तरुणदल केन्द्रीय परीषद सदस्य भएर काम गरेका थिए भने २०६०÷०६१ ताका तरुणदल इलामको सभापति भएर काम गर्न भ्याए ।
२०५९ सालमा नै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य बनेका उनी ११ देखि १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर काम गरे । २०६७ सालबाट नेपाली कांग्रेस इलामको सचिव बनेका उनले दुई कार्यकाल सचिवको भूमिका निर्वाह गर्न भ्याए । युवा माझ लोकप्रिय बनेका देवान अहिले पनि इलामेली जनताा माझ चोकप्रिय र शालीन नेताका रुपमा परिचित छन् ।
२०६२÷०६३ सालमा भएको जनआन्दोलनमा देवानले इलाममा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण उनको चर्चा दिनदिनै चुलिदै गएको हो । शिक्षा विषयमा स्नातक गरेका देवान शिक्षा क्षेत्रको विकासका लागि समेत उत्तिकै काम गर्न सक्ने ब्यक्तिका रुपमा चिनिन्छन् ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका देवान २०७४ सलमा भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट इलाम क्षेत्र नं। २९१० को प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका थिए ।
सामाजिक क्षेत्रमा क्रियाशील रहेका देवान नेपाल रेडक्रस सोसाइटी, नेपाल नेत्रज्योति संघ लगायतका संस्थामा समेत आवद्ध छन् । राजनीति र सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहेका देवानको चर्चा इलाम नगरको मेयरमा चुलिएको हो । उनी हाल पार्टीको उपसभापति र महासमिति सदस्यका रुपमा रहेका छन् ।
यस्तो छ राजेन्द्र शर्माको इतिहास
कक्षा ८ मा पढ्दा पढ्दै २०३६ सालबाट राजनीति यात्रा शुरु गरेका राजेन्द्र शर्मा नेपाली कांग्रेसका पुराना नेता मध्येका एक हुन् । २०२२ साल जेठ २६ गते गजाधर र भगवती शर्माका पुत्ररत्नका रुपमा जन्मिएका उनी २०३६ सालमा भएको जनमत संग्रहका लागि भएको आन्दोलना नेपाली कांग्रेसको झण्डा बोकेर हिँडेका थिए ।
नेपाली कांग्रेसमा रहेर लामो समयसम्म काम गरेपनि उनले राजनीतिक पहुँच भने खासै स्थापित गर्न सकेका छैनन् । नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य हुँदै पार्टीको महासमिति सदस्य समेत भए ।
२०४८ सालमा नेपाल विद्यार्थी संघको इलाम जिल्ला सभापति भएका उनी २०५७ सालमा नेपाल टे«ड युनियन कांग्रेसको सभापति बनेका थिए । उनले तीन कार्यकाल निरन्तर ट्रेड युनियन कांग्रेसको नेतृत्व गर्दै पार्टीलाई चलायमान बनाउने कार्यमा सक्रिय रहे ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट जिल्ला सचिव बनेका उनी कृषि कर्म गर्नेहरुका लागि प्रेरणाका श्रोत नै बनेका छन् । आफू पनि कृषि कर्म गर्न रुचाउने उनले २०४३ सालमा मीन भवन काठमाडौंबाट वीकम सममको अध्ययन पूरा गरेका छन् । इलाम गोलवस्ती स्थायी घर भएका उनले १४ महाधिवेशनमा भाग लिएका थिए । सो क्रममा उनी महाधिवेशन प्रतिनिधिमा पराजीत भएका छन् ।
पार्टी भित्रैको आन्तरिक निर्वाचनमा पराजय भोगेपनि उनी मेयरको दर्विलो उम्मेद्वारका रुपमा चर्चामा छन् । थापा, देवान र शर्माबीच मेयको चर्चा चुलिदै गर्दा मतदाताबीच भने थापा नै बलियो उम्मेद्वार हुन् भन्ने नगरवासीको बुझाइछ । तर, तीनै जना नेताले आफू– आफूलाई नै दर्विलो उम्मेद्वारको रुपमा प्रस्तुत गर्दै आउनुले पनि नेपाली कांग्रेस इलाममा मेयरको लागि रस्साकसी बढेको प्रस्टरुपमा देख्न सकिन्छ ।
 पूर्वाअञ्चल दैनिकबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment