भारतको उद्धारमार्फत थप ४ नेपाली स्वदेश आइपुगे, प्रधानमन्त्रीले दिए धन्यवाद



काठमाडौँ २८ फाल्गुन। युद्धग्रस्त मुलुक युक्रेनबाट भारतको उद्धारमा चार जना नेपाली आज स्वदेश आइपुगेका छन् ।
नयाँदिल्लीस्थित नेपालका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीले उक्त कुरा पुष्टि गरेका छन् । भारतको सहयोगमा नेपालीहरुको उद्धार भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।
‘युक्रेनबाट भारत हुँदै चार नेपाली भर्खरै नेपाल आइपुगेका छन्,’ प्रधानमन्त्री देउवाले आफ्नो ट्विटरमार्फत धन्यवाद दिँदै लेखेका छन्, ‘धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारत सरकार, नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन सहयोगकोका लागि ।’
कार्यवाहक राजदूत सुवेदीका अनुसार अहिलेसम्म भारत सरकारले आफ्नो उद्धार उडानमार्फत भारतीय नागरिकसँगै ७ जना नेपाली नागरिकलाई पनि युक्रेनबाट उद्धार गरेको छ ।
भारतको सहयोगमा युक्रेनबाट उद्धार गरिएको थप दुई जना नेपाली नागरिक भने नयाँदिल्ली पुगेका छन् । उनीहरु त्यहाँबाट नेपाल फर्कंदैछन् । यसअघि गत साता भारतको उद्धार उडानमार्फत युक्रेनबाट पोल्यान्ड पुगेका १ नेपाली पहिलोपल्ट स्वदेश आइपुगेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment