भारतले रोकिदियो नेपाल आउने कोइला


काठमाडौं ३० फाल्गुन। समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।
रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन् ।
उद्योगीले कोइला रोकिएकोबारे जानकारी गराएलगत्तै भारतीय रेलवेलाई आवश्यक संख्यामा रेक उपलब्ध गराउन पत्राचार गरिसकेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।
विगत १२ दिनदेखि रेलवेले हल्दिया बन्दरगाहमा रेक नदिएको कोइला आयातकर्तासमेत रहेका राजपालले जानकारी दिए ।
भारतमा विद्युत् उत्पादन गृहमा कोइला आपूर्तिको चाप बढेकाले नेपालका लागि रेक नदिएको भनाइ राजपालको छ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment