रुस-युक्रेन गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी १८ फाल्गुन। भारतले युक्रेनमा एक आफ्नो देशका विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’
अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् ।’
केही घण्टाअघि भारतले आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभबाट निस्कन भनेको थियो । युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेर भारतीय नागरिकलाई ‘जे साधन उपलब्ध छन्, त्यसमार्फत् निस्कनुहोस्’ भनेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment