लागूऔषध सहित तीन जना पक्राउ


मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्वोकका ३८ बर्षीय सन्दिप खडका, स्वयम्भु नगरपालिका–१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ बर्षीय कृष्णबहादुर मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले शंकालागि चेकजाँच गर्ने क्रममा उनहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया एक लाख ५ हजार बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment