झापाको मेचीनगरबाट ब्राउन सुगरसहित इलाम माईजोगमाईका युवा पक्राउ


इलाम, १८ फाल्गुनः प्रतिबन्धित लागूऔषध ब्राउनसुग्सहित मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माईजोगमाइका युवा छन् ।
 आइतबार साँझ ५ः३० बजे मेचीनगर ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले ईलाम माईजोगमाई १ बस्ने २३ वर्षीय जोसेफ थापालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment