नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा


काठमाडौं १७ फाल्गुन। सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फकाउन मंगलबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रेष्ठ निवास हात्तीवन पुगेका छन् ।
अध्यक्ष प्रचण्डकै अगुवाइमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गरिएपछि रिसाएका श्रेष्ठले पार्टी नै छाड्ने सूचना चुहिएपछि उनलाई फकाउन प्रचण्ड हात्तीवन पुगेका हुन् ।
संसद्बाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार अध्यक्ष प्रचण्डले खुमलटार निवासमा पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा प्रचण्डले नेता श्रेष्ठले कार्यकर्ता र जनता बटुल्न त्यसो गरेको भनेर आरोप लगाएका थिए ।
तर, नेता श्रेष्ठले प्रचण्डले भनेको कुरालाई मानेनन् । उनले एमसीसी अनुमोदन भएकै रात सामाजिक सञ्जालमार्फत फागुन १५ कालो रात भन्दै विरोध जनाएका थिए ।
एमसीसीकै कारण प्रचण्ड–श्रेष्ठको सम्बन्धमात्रै होइन पार्टीका कयौँ नेतासँग प्रचण्डको सम्बन्ध चिसिन पुगेको छ । तर, उनीहरु सार्वजनिक रुपमा भने देखिएका छैनन् ।
नारायकाजीलाई प्रचण्डले के भनेका थिए ?
मतभेद राख्ने अधिकार सबैलाई हुन्छ पार्टीमा । सबै एकैमत हुनुपर्छ भन्ने छैन पार्टीमा । तपाईले केन्द्रीय कमिटीमा विचार राख्नुस् त्यसलाई सम्मान गरिन्छ । म चाहीँ अहिले छ्यांगै भएको छु । यो राम्रो छ भन्ने चिज हो भन्ने छ भने राख्नुस् तर, बाहिरचाहीँ नबोल्नुस् भनिएको थियो । तर, उहाँ बाहिर जानुभयो । उहाँलाई लागेछ– अब यो भनेपछि चाहीँ सबै कार्यकर्ता मतिरै केन्द्रित हुन्छन् भन्ठान्नुभो होला, जनता ह्वार्रै आउँछन् भन्नठान्नुभो होला । उहाँले त्यसो नगर्नु राम्रो हुन्थ्यो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment